जानकी पोस्ट, २१ वैशाख, सिरहा : सिरहाको विष्णुपुर गाउँपालिका वडा नं- ४ (थल्हा कठहा) मा सन्तोष यादवको रहस्यमय मृत्यु भएको छ । गाउँबसीको अनुसार सन्तोष यादव २० वर्ष को थियो । उनको हत्याको आशंका गरिएको छ ।
सन्तोष यादवको परिवार अनुसार सन्तोषको हत्या नै भन्ने दावी गरेको छ । शनिबार विहान स्थानीयहरुले गाउँ छेउको एक रुखमा उनको शव झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
घटना रहस्यमय देखेपछी अगाडीको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहको डीएसपी बिनोद घिमिरेले बताए । ‘पोष्टमार्टम पछि मात्रै तथ्य पत्ता लाग्छ, हामी अनुसन्धानमै छौं’, डीएसपीले भन्नु भयो ।
घटनाबारे थप अनुसन्धान जारी राखेको भएपनि कुनै कारण खुल्न नआएको उनको भनाई छ ।