सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

जानकी पोस्ट २२ वैशाख, मिर्चैया (Mirchaiya) : सिरहा जिल्ला स्थित (Mirchaiya Municipality) मिर्चैया नगरपालिका वडा नं ७ (फुल्वरिया) मा प्रदेश सरकार द्वारा उपलब्ध गराएको राहत बितरण गर्ने क्रममा स्थानीय बासी र प्रहरी बीच झडाप भएको छ ।

मिर्चैया नगरपालिका वडा नं ७ (फुलवरिया)मा राहत बितरण गर्ने क्रममा स्थानीय प्रहरीलाई ९ राउण्ड हवाई फायर गर्नु परेको छ । आज (सोमबार) दिउँसो करिब १२ बजेको समयमा वडा कार्यालय मै झडाप भएको हो । झडप नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर र ४ राउण्ड आश्रुग्याँस प्रहार गरेका हुन् ।

झडपमा परी ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुप्रसाद जैसवारसहित ४ जना घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीको टोलीसहित पुगेका डिएसपी जैसवारको हातमा सामान्य चोट लागेको छ ।

कार्यपालीका सदस्य विजय कुमार साहले यो घटना पुर्ण रुपमा वडा अध्यक्षको एकल मानसिकता ले गर्दा यस्तो घटना हुन गएको हो । कार्यपालीका बैठकवाट यसघटनाको विस्तृत छलफल गरिने समेत वताउनु भयो ।

वडा अध्यक्षले आफ्नो आसेपासेको मात्र नामावली दिएको र अन्य दलको प्रतिनिधीहरुलाई कुनै पनि समयमा समन्वय नगरी एकलौटि रुपमा राहत वितरण गर्नेक्रममा गरिव, विपन्न पपरिवारहरुले विरोध र आफुहरुले पनि राहत पाउनु पर्ने माग गर्दै वडा अध्यक्षलाई हात पात गर्ने क्रममा उक्त घटना हुन गएको स्थानीय गाउँबासिहरुको भनाइ छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News