कैलालीमा एम्बुलेन्सको ठक्करबाट हवल्दारको मृत्यु !

जानकी पोस्ट, २३ वैशाख, धनगढी(Dhangadi) : कैलालीमा एम्बुलेन्स(Ambulance) र मोटरसाइकल(Motorcycle) ठोक्किदा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु् भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा मोटरसाईकलमा सवार हवल्दारको मृत्यु भएको हो।

सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत घोडाघोडी नगरपालिका वडा नम्वर १० घर भएका ३५ बर्षीय सहायक हवल्दार गोरख ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।

उनका अनुसार पश्चिम बाट पूर्व तर्फ गईरहेको ओमसाई अस्पतालको से १ च १८२८ नम्वरको एम्बुलेन्स र पूर्वबाट पश्चिम तर्फ आईरहेको म २ प ५३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।

मोटरसाईकल चालक घोडाघोडी नगरपालिका वडा नम्वर १० का २८ बर्षीय भरत बोहरा भने घाईते भएका छन्। एम्बुलेन्स चालक धनगढी उपमहानगरपालिका वडा नम्वर १० का ५४ बर्षीय आशाराम चौधरीलाई ईलाका प्रहरी कार्यालय सुखड्ले नियन्त्रणमा लिएको छ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News