जानकी पोस्ट २७ बैशाख, काठमाडौँ : कोभिड-१९ संक्रमित जमा संख्या १०९ पुगेको छ । हालको अध्यावधिक विवरण अनुसार ७ जना थप व्यक्तिमा कोरोना पुस्टि भएको छ । राष्ट्रिय जानस्वास्थ्य प्रयोगशाला काठमाडौँ र कोशी अस्पताल, बिराटनगर प्रयोगसालाले यो कुरा पुस्टि गरेको छ । संक्रमित व्यक्तिहरु मध्य उदयपुर, भुलके निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु; कपिलवस्तु निवासी १७ १८ र १८ वर्षका पुरुषहरु ; पर्सा छपकैया निवासी ६२ वर्षका पुरुष हुन् ।
हाल सम्मको विवरण अनुसार निजहरुको स्वास्थ्य अवस्था सामान्य छ ।