चीनको सरकारी मिडियाको दावीः संसारको सबैभन्दा अग्लो सगरमाथा हाम्रो हो

जानकी पोस्ट २८ वैशाख, काठमाडौं । चीनको सरकारी मिडीयाले (Sagarmatha) सगरमाथा चीनको भुमिमा रहेका दावी गरेका छन् । नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा स्थित रहेको संसारको सबैभन्दा (World Biggest Peak) अग्लो चुचुरो हो सगरमाथा । जसलाई चीनको सरकारी मिडीयाले आफ्नो भएको बताएको हो ।

२ मे मा (CGTN) चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको दृश्य भनी तस्बिर राखेको छ । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट  (MT. Everest) चीनमा पर्छ भनिएको छ ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यो विश्व परिवेशमा चीनको आधिकारिक धारणा र समाचार प्रसारण र प्रकाशन गर्छ । उक्त टेलिभिजनमा सगरमाथा चीनमा पर्छ भनी उल्लेख गर्नुले गम्भीर प्रश्न उठाएको छ । चीनमा सगरमाथालाई कोमोलोङमा भन्ने गरिन्छ ।

सगरमाथाको (Sagarmatha) चुचुरो नेपालमा पर्छ र यसलाई विश्वले पनि स्वीकार्दै आएको छ । तर, चीनले पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालाई कोमोलोङमा भन्दै आफ्नो देशमा पर्ने प्रचार गर्न थालेको छ । चीनले सगरमाथाको उचाई आफ्नो तर्फबाट नाप्न थालेको छ ।

सगरमाथा भन्ने वित्तिकै विश्वभर नेपाल भनेर चिनाइरहनु पर्दैन । नेपाल र सगरमाथा पर्यायबाची शब्द बने जस्तै छ । यस्तो अवस्था चीनको सरकारी मिडीयाले आफ्नो भएको भन्नु गलत भएको जानकारहरु बताउँछन् ।


SourceCGTN
Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News