जानकी पोस्ट,४ जेठ: स्वास्थ्य मन्त्रालय प्रवाकता डा समिरकुमार अधिकारीले जनाएको अनुसार १० जना थपमा कोरोना संक्रमण देखिएको छ।
संक्रमीत सबै रौतहट बाट रहेका छन्।
आइतबार रौतहटमा १० जना कोरोना संक्रमीत थपिएर नेपालमा संक्रमीतको जम्मा संख्या २९२ पुगेको छ।
रौतहटका इसनाथ नगरपालिका वडा नम्बर ३ र ४ का २८,३० र ३३ वर्षीय पुरूषमा कोरोना पुष्टी भएको छ।
यसै गरि रौतहटको राजपुर फरहदा- ९ निवासी १८ ,३२ ,३६ ,३९ ,३९ ,४२ ,४८ वर्षीय पुरूषमा पनि कोरोना पुष्टी भएको छ।
उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो ।
नेपालमा कोरोना संक्रमको कारण सिन्धुपाल्चोक निवासी एक महिलाको मृत्यु वयेको छ।