जानकी पोस्ट, ८ जेठ, काठमाडौँ : नेपालले बुधबार जारी गरेको नयाँ नक्साप्रति छिमेकी भारतले आपत्ति जनाएको छ। नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतले अस्वीकार्य बताएको छ ।
बुधबार नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले जारी गरेको नक्सामा भारतीको भूभाग समेटिएको दाबी गरे।
भारतको अनुसार ‘नेपालको यो एक पक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन। दुई देशबीचको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गर्ने समझदारीको विरूद्ध छ’,’यस्तो बनावटी रूपमा गरिएको भू-भाग बढोत्तरीको दाबी भारतलाई मान्य छैन।’
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने सीमा विवादमा भारतको अडानबारे नेपाललाइ जानकारि छ साथै नेपाल सरकारलाई अनुचित रूपमा नक्सा जारी गर्ने कदम रोक्न र भारतको सम्प्रभुता र अखण्डताको सम्मान गर्न पनि आग्रह गरे।
नेपाली नेतृत्वले दुई देशबीचको सीमा विवाद कूटनीतिक वार्ताका माध्यमबाट सल्टाउन सकारात्मक वातावरण बनाउने प्रवक्ता श्रीवास्तवले आशा व्यक्त गरे।
केहि दिन अगाडी भारत बाट निर्मित सडकको सडकको उद्घाटन गरेपछि नेपालमा यसको घोर बिरोध चल्दै छ।
कोरोनाको संकट टरेपछि सम्वाद गर्ने भन्दै भारतले वार्ता टार्न खोजेपछि नेपाल सरकारले सोमबार मन्त्रिपरिषद्बाटै नयाँ नक्सा पारित गरी बुधबार अपरान्ह सार्वजनिक गरेको थियो ।