जानकी पोस्ट, ९ जेठ काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा विरुद्ध अर्नुनांचल प्रदेशका अल अरुनांचल प्रदेश गोर्खा युध वेलफेयर येसोसीएसनले मानव अधिकार आयोगमा मुद्दा दायर गरेको छ।
अनुष्का शर्माद्वार निर्मित वेब सिरिज पाताल लोकमा नेपाली महिल माथि अत्यन्त आपतिजनक शब्द प्रयोग गरिएकाले उनि विरुद्ध अरुनांचल प्रदेश र गोर्खा समाजले मानव अधिकार आयोगमा मुद्दा दिएका हुन्।
पाताल लोक वेब सिरिजको दोश्रो इपिसोडमा देखाइएको द्रिस्य अनुशार १ भारतीय महिला पुलिसले नेपाली महिलालाई सोधपुछ गर्ने क्रममा आपति जनक शब्द प्रयोग गरेको छ। यो वेब सिरिज जम्मा १० इपिसोडको रहेको छ।
यो वेब सिरिज अमेजन पराइम भिडियोमा मे १५ मा राखीएको थियो ।
कानुन येसोसीएसनको सदस्य बिरेन श्री गुरुङले पाताल लोकमा वेब सिरिजमा आपतिजनक शब्द प्रयोग गरिएकाले उक्त वेब सिरिजको निर्माता अनुष्का शर्मालाई कानूनी सूचना मे १८ मा पठाएको छ। तर हाल सम्म यस बिषयमा अनुशाका शर्माद्वार कुनै प्रतिक्रिया आएको छैन।
यस वेब सिरिजमा प्रयोग गरिएको आपतिजनक शब्दलाई Mute It, Blur the Subtitles, Uplaod Edited Video with apology गर्न भारतीय गोर्खा युवा संघद्वारा जारीगरिएको कानुनी सुचनामा लेखिएको छ ।