जानकी पोस्ट, १३ जेठ, काठमाडौँ : कोरोन भाइरसको संक्रमणले ललितपुरमा १ जनाको ज्यान गएको छ।
ललितपुर महानगरपालिका-२२ निवासी ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।
स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल अनुसार बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको छ।
डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो । तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो । अस्पतालले १२ गते नै उनको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो।
उनको रिपोर्ट पोजेटिभ आएको छ । यद्यपि, कोरोनाका कारण मृत्यु भएको भनेर औपचारिक घोषणा गर्न भने बाँकी छ ।
यसै संग नेपालमा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।