जानकी पोस्ट, १४ जेठ, काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट सँक्रमितको कूल सँख्या १ हजार २ सय १२ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या १२१२ पुगेको छ । उनीहरु मध्ये ६ जनाको मृत्यु भएको छ भने २०६ जना निको भएर घर फर्किएका छन् ।