जानकी पोस्ट, १६ जेठ,काठमाडौँ । काठमाडौँ यस्थित मेडीयाहरु मधेशको आवाज दबाउदै आएको छ।
मधेशसँग अन्याय हुँदा पनि नबोलेको भन्दै विद्यार्थी जनमत संघले विभिन्न राष्ट्रिय मिडियाको विरोध गरेको छ।
मधेशी समुदायलाई अपमानित गरेको कृषि टिभीविरुद्ध संघले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तर्गत आज आठौं दिन राष्ट्रिय मिडियाको विरोध गरिएको हो । विभिन्न राष्ट्रिय मिडियाहरुको नाम कालो अक्षरले लेखि जलाएर संघर्षले विरोध कार्यक्रमको घोसणा गरेको थियो।
मधेशीलाई अपमान र बेइज्जत गरेको कृषि टिभीलाई कारवाही हुनुपर्ने माग गर्दै संघले पाँच दिने विरोधका कार्यक्रम घोषणा गरेको थियो । तर, सो अवधिमा कारवाही नभएपछि संघले निरन्तर आठ दिनदेखि संघर्षका कार्यक्रम जारी राखेको छ ।
मधेशले आफ्नो पहिचान र स्वाभिमान रक्षाका लागि गरिरहेको संघर्षमा समेत राष्ट्रिय मिडियाले नहेरेको भन्दै कागजमा नाम लेखेर जलाएको संघले जनाएको छ ।