जानकी पोस्ट,२३ जेठ, काठमाडौँ। प्रदेश नं. २ को पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड नं ४ सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा बंजारीले मोटरसाइकल को ट्यांकी मा रहेको साढे २२ लाख रुपैयाँ बरामद गरेको छ।
छिपहरमाई गाउँपालिकाको भिस्वाबाट बहुदरमाई नगरपालिकाको भौराटार लेजादै गरेको ना ४३ प २८०२ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा ट्यांकी बाट २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वा बंजारीका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीकाको कमाण्डमा रहेको टोलीले उक्त रकम सहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी निरिक्षक पराजुलीका अनुसार शंकाको अधारमा बिहान ९ः३० बजेको समयमा चेकजाँच गर्दा मोटरसाइकलको फलास ट्यांकीमा लुकाई छिपाई २२ लाख ४८ हजार नगद बरामद भएको छ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वार्डनं ५ भौराटार निवासी २० वर्षीय मोटरसाइकल चालक प्रकाश कुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पराजुलीले जनाएका छन।
बरामद रकमको स्रोत नखुलेको सशस्त्र प्रहरी निरिक्षक पराजुलीले जनाए । बरामद भएको नेपाली रुपैया हजारको २ सय ४८ थान पाँच सय को ३२ सय थान , सयको ३ हजार थान, पचासको २ हजार थान नोटहरु बरामद गरिएको हो ।
बरामद भएका मोटरसाइकल ,नगदी रुपैया र पक्राउ परेका साह लाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले जनाएका छन।