पेट्रोल टयांकरमा लागु औषध बरामद

जानकी पोस्ट,जेष्ट २६ ,वीरगँज । प्रदेश नं. २ को पर्सा जिल्लाको वीरगँजमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने टयाँकरमा लागु औषध बरामद भएको छ ।

वीरगँज महानगरपालिका वडा नं. १६ स्थित रजतजयन्ती चोकमा ना ७ ख ९७४४ नम्बरको इन्धन बोक्ने ट्यांकर चेकजाँच गर्ने क्रममा १०० एमएलको वाइनसिरेक्स ८ थान, सोही लागूऔषधलाई माउन्टेन ड्यू र मिनिरल वाटरको बोतलमा भरेको अवस्थामा लागूऔषध बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

लागूऔषधसहित ट्यांकर चालक बाराको सिमरा उपमहानगरपालिका–२१ अमलेखगंज बस्ने २६ वर्षीय विशाल खड्का र सोही स्थान बस्ने १८ वर्षीय सहचालक देवकुमार बललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News