जानकी पोस्ट,जेष्ट २६ ,सिरहा । धनुषा र सिरहामा दुई युवक झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ पूलचोक स्थित एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
पुलचोक बस्ने स्थानीय कृष्णा नायक नामक युवक गएराती झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यस्तै, सिरहामा पनि एक किशोर झुण्डिएको अवस्थामा मृत फेला परेको छ ।
सिरहाको औरही गाउँपालिका–५ स्थित अर्काको घरमा गएका किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
करिब १७ वर्षीय अबिरचन यादव झुण्डिएको अवस्थामा फेला परेका हुन् । आइतबार मध्यरातमा उनी सोही ठाउँका जोगिन्द्र यादवको घर पुगेका थिए ।
स्थानीयका अनुसार अबिरचन र जोगिन्द्रकी छोरीबीच प्रेम सम्बन्ध थियो । अबिरचन राति करिब १ बजे झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।
किशोरीले आफू अबिरचन झुण्डिएको घरमा नसुतेको प्रहरी समक्ष बताएकी छन् । ती किशोरीले आफू ट्वाइलेट गएर फर्किने क्रममा घर उक्त घर पस्दा अबिरचन झुण्डिएको देखेपछि हजुरआमा र बुवालाई जानकारी गराएको बताएकी छन् ।
झुण्डिएका अबिरचनको नाकबाट रगत बगेको छ। नाकमा चोट लागेकाले रगत बगेको प्रहरीले बताएको छ । मृतक अबिरचनका परिवारले भने हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् ।
मृतक अबिचरनको शव जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि लहान अस्पताल पठाएको छ।
घटनाको विषयमा अनुसन्धान थालिएको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।