सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा करोडोको रकम अनियमीतता

जानकी पोस्ट, सप्तरी, २७ जेष्ठ । काेराेना भाइरसका कारण अहिले संसारनै त्रसित बनेकाे अवस्थामा सप्तरीको तिलाठि काेइलाडी गाउँपालिकामा व्यापक मात्रामा कराेडाेकाे रकम अनियमितता भएको रहस्य खुलेका छन । काेराेना भाइरसकाे महामारि नियन्त्रणका लागि तिलाठि काेइलाडी गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत समेत मिलेर आफूखुशी कराेडाे रकम अनियमितता गरेकाे आराेप गाउँपालिकाकी उपाध्यक्ष सुचिता कुमारि यादवले लगाएकि छिन ।

यश गाउँपालिकाले विकाश निर्माणको बजेटमा समेत व्यापक आर्थिक अनियमितता गरेकाे आराेप उपाध्यक्षले लगाएकी छिन । त्यस्तै गाउँपालिकाले अधिकांश विकास निर्माण लगायतका याेजनाहरु गाेप्य सुचना निकालेर विकास निर्माणको कार्यमा समेत आर्थिक अनियमितता भएको ठहर उपाध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै गाउँपालिकाले काेराेना नियन्त्रण देखी लिएर अन्य कामकाे लागि समेत करार कर्मचारीलाई लाखाे रकम एन विपरित खर्च गर्न दिने गरेका छन भने ती करार कर्मचारीलाई गाेप्य रुपमा बिना कामके रकम समेत निकास दिएकाे पाइएको छ । साे बिषयलाइ लिएर पटक पटक अनियमितता राेक्नका लागि लिखित रुपमा उजुरि दिदा पनि गाउँपालिकाले हालसम्म कुने जानकारि नदिएकाे भन्दे अविलम्ब तीन दिन भित्र आफनाे जायज मागहरु पूरा नभएको खण्डमा गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनि गाउँपालिकाकी उपाध्यक्षले विज्ञप्तिमार्फत दिनुभएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News