प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा एक युवक :धनुषा

जानकी पोस्ट,जेष्ट २८,जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि अवस्था तनावग्रस्त भएको छ ।

धनुषास्थित इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका करिब २२ वर्षीय शम्भू सदा मुसहरको शव शैचालयमा झुण्डिएको अवस्थामा भेटिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता जयराम सापकोटाले लालखबरलाई जानकारी दिए ।

प्रहरी हिरासतभित्रै मुसहर मृत भेटिएपछि घटना शंकास्पद रहेको भन्दै बाटो अवरुद्ध गरेर प्रदर्शन गरेको छ । सोही क्रममा ईलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड समेत गरिएको छ ।

स्थानीयहरुले बरकुर्वा सडक अवरुद्ध गरी छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन् । तोडफोड गरेपछि प्रहरीले एक राउण्ड आश्रुग्यास फायर समेत गरेका छन् ।

भीड र स्थितिलाई नियन्त्रणमा लिनको लागि आश्रुग्यास फायर गरिएको प्रहरीले जनाएको छ । स्थानीयहरु प्रहरी चौकीमा बाहिरैबाटै ढुँगामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको हो ।

सवारी ज्यान मुद्दामा थुनामा रहेका उनी बुधबार बिहान झुन्डिएको अवस्थामा फेला परेका हुन् । घटनाको विषयमा अनुसन्धान गरिने उनले जानकारी दिए ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News