निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने , खर्च सरकारले व्यहोर्ने

जानकी पोस्ट , ३२ जेष्ट , काठमाडौ। सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ ।

सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमता भन्दा बढी नमुना स‌ंकलन भएका छन् ।

नमुना धेरै स‌ंकलन हुँदा परीक्षणको नतिजा आउन एक हप्ताभन्दा बढी समय लाग्न थालेको छ ।

त्यस्तै विदेश जानका लागि भिसा वा निरोगिताको प्रमाणपत्रका लागि कोरोना परीक्षण गर्नका लागि तीनवटा अस्पतालमा नमुना सं‌कलन गर्ने डा. गौतमले बताए । काठमाडौंको वीर, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालमा नमुना संकलन हुनेछ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News