सप्तरी मा सरकारको कार्य प्रति युवा विद्यार्थी द्धोरा प्रदर्शन

जानकी पोस्ट, ४ असार, सप्तरी : कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकार गम्भीर नरहेको भन्दै सप्तरीको युवा विद्यार्थीहरुले राजविराजमा प्लेकार्ड बोकि प्रदर्शन गरेका छन् ।

सरकारलाई गम्भीर बन्न आग्रह गर्दै उनीहरुले राजविराज स्थित गजेन्द्र चौकमा प्रदर्शन गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको नाममा १० अर्ब रुपैयाँ खर्च गरेको देखाइए पनि जिल्लाको क्वारेन्टाइनहरु अव्यवस्थित नभएको भन्दै सचेत गराउनकालागि प्रदर्शन गरेको संयोजक प्रतिष्ठा यादवले जानकारी दिईन् ।

प्रदेश सरकार तथा स्थानीय सरकार समेत जनताप्रति गम्भीर नरहेको गुनासो गर्दै उनले भनिन् ‘बाढीको पानी बगे झैं रकम खर्च भएको छ तर वास्तविक धरातलमा भने परिणाममुखि देखिदैन ।’

‘सरकारलाई नै स्यानिटाइज गर्नुपर्ने, अब अति भो’ लगायतका नाराहरु लेखिएको प्लेकार्डसहित युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनहरु व्यवस्थित हुनुपर्ने लगायतका माग विद्यार्थीहरुले राखेका छन् ।

विद्यार्थीहरुले सरकारी बजेटको फजुल नियन्त्रण गर्न र बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वय गराउनेतर्फ पनि ध्यान पुर्याउन सरकारलाई ध्यानाकर्षण गराएका छन् । आफुहरुको आग्रहलाई वेवास्ता गरिए देशैभरि शान्तिपूर्ण आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने उनीहरुले चेतावनी दिएका छन् ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News