जानकी पोस्ट ,८ असार ,बीरगँज । पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वाबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा बंजारीले ठूलो परिमाण मा नेपाली नोट बरामद गरेको छ।
भारत को सिकटा बजार बाट झोलामा नेपाली नोट लिएर भिस्वा तरफ आईरहेको अवस्था मा चेकजाँच को क्रममा नेपाली रुपैया बरामद भएकोछ।
भारतको सिकटाबाट भिस्वा तरफ आईरहेकोले प्रहरीको टोली देखि हेरेर झोला फालेर भागेको सशस्त्र प्रहरीले जनाएका छन।
बरामद गरिएको नेपाली नोट ६ लाख रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वा बंजारीका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीले जनाएका छन।
सशस्त्र प्रहरी निरिक्षक पराजुली का अनुसार संका को अधारमा आईतबार बिहान ९ः३० बजेको समयमा चेकजाँच गर्न खोजदा झोला छोडेर फरार भएको ६ लाख नगद बरामद भएको छ।
बरामद रकमको स्रोत नखुलेको सशस्त्र प्रहरी निरिक्षक पराजुलीले जनाए। नगदी रुपैया जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुवरले जनाएका छन।