राष्ट्रपतिको पुतला दहन ! साथै ‘Go Back China’ को नारा : वीरगँज

जानकी पोस्ट ,१३ असार , वीरगँज । चीनले नेपालको भू–भाग मिचेको भन्दै प्रदेश नं. २ को वीरगँजमा चीनका राष्ट्रपति सि जिनपिँगको पुतला दहन गरिएको छ ।

नेपाल विद्यार्थी संगठन (नेविसंघ) पर्साले नेपाली भूमि मिचेको भन्दै चीनको विरोधमा प्रदर्शन प्रदर्शन गरेको हो ।

 

 

दर्जनौ युवा सहित नेविसंघका कार्यकर्ताहरुले – “गो ब्याक चाईना, चाईना मुर्दावाद, सि जिनपिँग मूर्दावाद, हाम्रो सीमा मिच्न पाइदैन”  लगायतका नारा लगाउँदै राष्ट्रपति जिनपिँगको पुतला समेत दहन गरिएको हो ।

 

नेविसंघ पर्साका निवर्तमान केन्द्रिय सदस्य सुधीर पटेलको नेतृत्वमा भएको प्रदर्शनमा चिनियाँ राष्ट्रपति सि जिनपिङको तस्वीर समेत जलाइएको थियो ।

 

त्यसक्रममा प्रहरीले हस्तक्षेप गर्दा केही बेर तनाव समेत भएको थियो । वीरगञ्जको माईस्थान चोकबाट सुरु भएको विरोध रयाली घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

 

कोणसभालाइ सम्बोधन गर्दै उनीहरुले गुगलले नेपालको पहिचान सगरमाथालाइ चीनमा देखाइरहँदा पनि नेपाली प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै आक्रोश पोखेका थिए ।

 

कोरोनाभाइरसको महामारीका बेला पनि प्रधानमन्त्री ओलीले गैर जिम्मेवार टिप्पणी दिएर नागरिकहरुबीच द्वन्द गराउन खोजेको आरोप लगाएका थिए । उनीहरुले अमेरिकामा अश्वेतहरुको आन्दोलन जस्तै नेपालमा मधेशी र पहाडी समुदाय लडाउन खोजिएको बताएका थिए ।

 

विरोधमा विकेश पटेल, संजिव मिश्रा, दिपक पटेल, विवेक कलवार, अजय कर्ण, राहुल रौनियार, बिट्टु अहमद लगायतका नेविसंघ पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News