अमेरिकामा एकैदिन थपिए ५२ हजारभन्दा बढी कोरोना संक्रमित

जानकी पोस्ट ,१८ असार, काठमाडौं । अमेरिकामा एकैदिन कोरोना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ५२ हजार ९८२ कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यससँगै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या २६ लाख ८२ हजार २७० पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक लाख २८ हजार २८ पुगेको छ । यो संख्या कोरोना भाइरसबाट सबैभन्दा धेरै मृत्यु हुने सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलको भन्दा दोब्बर हो ।

 

अमेरिकामा कोरोना भाइरसको संक्रमणमा कमी आउन सकेको छैन । यो साताको शुरुमा अमेरिकी वरिष्ठ स्वास्थ्य अधिकारी डाक्टर एन्थोनी फाउचीले अमेरिकामा दैनिक एक लाख कोरोना भाइरसका संक्रमित भेटिनसक्ने चेतावनी दिएका थिए । कोरोना भाइरसको संक्रमण बढेसँगै पछिल्लो समय केही अमेरिकी राज्यमा पुनः लकडाउन गरिएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News