धनुषामा दुई गाउँका बासिन्दाबीच झडप, प्रहरीद्वारा ६ राउण्ड अश्रु ग्यास प्रहार

जानकी पोस्ट ,१९ असार, जनकपुरधाम । बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकाका दुई वडाका बासिन्दाबीच भएको विवादले झडपको रुप लिएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको छ ।

वडा नम्बर २ मा बर्थिङ सेन्टर निर्माणको काम सुरु भएको छ । तर वडा नम्बर ३ का बासिन्दाले आफ्नो वडामा बर्थिङ सेन्टर निर्माण हुनुपर्ने माग राख्दै आइरहेका छन् । वडा नम्बर २ का बासिन्दाले भने त्यसको विरोध जनाउँदै आइरहेका छन् । वडा नं. २ वासीले बनिरहेको स्थानमै बन्नुपर्ने तथा वडा नं. ३ बासिन्दाले वडा नं. ३ मा बन्नुपर्न विषयलाई लिएर दुई गाउँलेबीच ढुँगामुढा भएको हो ।

स्थानीय एक प्रत्यदर्शीका अनुसार तरबारले एक जनाको कान समेत काटिएको छ भने दुहबी बजार स्थित रहेको ८ वटा घर समेत जलाइएको छ । बजार स्थित ठटयाइएको रक्सी पसलको झुपडीहरुमा आगो लगाएर जलाएको बताइएको छ । यसलाई धनुषा प्रहरीले समेत पुष्टि गरेको छ ।

बर्थिङ सेन्टर निर्माणकाे विषयलाई लिएर भएको झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् ।

झडपका क्रममा एक जनाको कान नै काटिएको प्रहरीले जनाएको छ । दुबै पक्षले एकअर्कामाथि ढुँगा समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

झडपको क्रममा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार अहिले यस ठाउँको अवस्था नियन्त्रणमा रहेको र बर्थिङ सेन्टर निर्माणबारे दुवै पक्षबचि छलफल भइरहेको जानकारी दिए ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News