सिरहा : अस्पतालमा कार्यालय सहयोगी नै डाक्टर, चिकित्सक मस्तीमा

जानकी पोस्ट , २० असार , सिरहा। सिरहाको एक सामुदायिक अस्पताल कार्यालय सहयोगी (का.स.) को भरमा सँचालन हुँदै आएको छ ।

सिरहाको नरहा गाउँपालिका वडा नं. २ पानबारी स्थित रहेको स्वास्थ्यचौकीमा कार्यालय सहयोगी नै चेकजाँच सहित औषधी वितरण गर्ने गरेको रहस्य खुलेको छ ।

 

 

स्वास्थ्यचौकी प्रमुख दिलिप सिँह गोष्ठी तालिममा हुँदा ओपिडी हेर्ने चिकित्सक (एच.ए) प्रदीप यादव आफ्नो डयुटी छाडेर अन्त्यै घुम्न गएपछि कार्यालय सहयोगीलाई जिम्मा लगाएर जाने गरेको खुलेको छ ।

स्थानीयहरुका अनुसार, स्वास्थ्यचौकी जस्तो संवेदनशिल क्षेत्र समयमा नखोलेर समयभन्दा २ घण्टा अघि नै बन्द गरेर कर्मचारीहरु भाग्ने गरेको छ ।

श्रोतका अनुसार, अस्पतालको ओपिडी शाखा हेर्ने चिकित्सक प्रदीप यादवले आफ्नो नीजि क्लीनिक समेत सँचालन गरेको र अस्पताल भन्दा पनि क्लीनिकमा समय दिरहेको छ । उनको क्लीनिक दर्ता नभएको तथा अस्पतालको आम सर्वसाधारणको लागि सरकारले दिने निःशुल्क औषधी क्लीनिकमा लगेर चर्को मूल्यमा बेच्ने गरेको छ ।

केही महिना अघि अस्पतालको औषधी (जुकाको औषधी, अल्बेन्डाजोल) सहित क्लीनिकमै रँगेहात पक्राउ परेका थिए । स्थानीय युवकहरुले अस्पतालको औषधीको चर्को मूल्य लिएर बेच्ने गरेको गुनासो गरेको थियो ।

यस सन्दर्भमा अस्पतालभित्रकै महिला कर्मचारीलाई उक्साएर आफू बच्न खोजेको बुझिएको छ । सो सन्दर्भमा वडा नं. २ का वडाध्यक्ष ज्ञानदेव सिँह दनुबारले अस्पतालको बेतिथिको बारेमा आफूलाई पनि जानकारी भएको भन्दै अब कडा कदच चाल्ने बताए ।

उनले आम नागरिकको स्वास्थ्य र जीवनसँग खेलबाड र मजाक गर्ने अधिकार कसैको नरहेको बताउँदै यसप्रति आफै गम्भिर हुने बताए ।

कार्यालय सहयोगी दिलीप कामतीले नै अस्पताल जाने आम नागरिकहरुलाई औषधी वितरण गर्ने गरेको छ । समान्य लेखपढ गरेका कार्यालय सहयोगीले औषधी दिन थालेपछि स्थानीयहरुमा अविश्वास पलाएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News