साउन २०, सप्तरी : सप्तरी जिल्लाको सदरमुकाम राजबिराजको साईकृष्ण मेडिकलमा रहेको आइसोलेशन सेन्टरमा चरम लापरवाही जानी जानीआइसोलेशन सेन्टरको व्यबस्थापन समिति लगाएत राजनैतिक दलले दिन प्रतिदिन गरिरहेको छ।
उक्त आइसोलेशन सेन्टरमा गाई भैंसी जस्तो व्यवहार गरिरहेको आइसोलेशन सेन्टरमा बसिने बिरामीहरूको भनाई दिन प्रतिदिन लाईभ भिडियो सार्वजनिक हुदै आएको छ। यस्तो चरम लापरवाही प्रति हामी सम्पूर्ण युवा मर्माहित बन पुगेका छौ। यस्तो चरम लापरवाही प्रति हामीहरू सम्पूर्ण युवा शक्ति पुर्व सिंचाई मन्त्रि उमेश यादवको नेत्रित्वमा शान्ति पुर्ण प्रदर्शन पनि गरेको छौ।
यस्तो लापरबाही प्रति अब हामीहरू कडा भन्दा कडा ठोस निर्णय लिन्छु। यस्तो लापरवाही प्रति ध्यान दिएन भने थपअगाडि बढने छु युवा नैता सत्येन्द्र यादवले बताउनु भएको छ।
सप्तरी को आइसोलेशन प्रति ध्यानाकर्षण गराउँदै युवा नैता सत्येन्द्र यादवले भनु भएको छ।
१ .आज उनीहरु जुन ठाउँमा छ, हामी त्यहाँ जादैनन् भन्न सकिदैंन। सबैलाई समान व्यवहार गरौ , कोई आइसोलेशन, कोई Five स्टार होटल, कोई होम आइसोलेशन नगरौ, सरकारले तोकिएको मापदण्डलाई ख्याल गरि तोकिएको खाना ,चिया, नास्ता र सरसफाईको उचित प्रबन्ध गरौ,
२.आइसोलेशनमा भइरहेको कथा कसले सुन्छ उनीहरूको ब्यथा, खोई त सम्बन्धित निकाय, कहाँ मौन छ !
३.आईसोलेसनमा एक छाक खाना खर्च १५१ र अण्डा ३० गरी १८१ रुपैयाँ छुट्याएको छ,
४.आइसोलेशनमा मोटो चामलको भात, बन्धा कोबि र पानी नै पानी भएको दाल दिइरहेको छ।
५.खाजा/चियामा १२५ रुपैया खर्च छुट्याएको छ।
६.आइसोलेशनमा विहानको पानी वाला कालो चिया र दुई वटा पाउरोटी दिइरहेको छ।
साँझ तिर थोरै चना र कहिले काँही चाउँचाउँ दिइरहेको छ।
तपाईंहरु सामु आइसोलेशनमा रहेका साथीहरूको गुनासोलाई सार्वजनिक गरिएका छौ। कोरोना पिडित दाजु भाई तथा दिदीबहिनीहरु रहेको आइसोलेशनमा दिइएको खाना, बस्ने, चिया नास्ता र सरसफाई कार्य प्रति घोर भ्रत्सना गर्दै सम्बन्धित निकायको छिटो भन्दा छिटो ध्यान आकर्षण होस् नभए तपाईंहरुको कर्तुको कारणले हामी आन्दोलित हुन बाध्य हुनेछौं ।