सिरहाको गोलबजारमा पनि आज १२ बजे रातिदेखि लकडाउन

जानकी पोस्ट ,२३ साउन, सिरहा :      गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएकोले गोलबजार नगपालिकाले अचानक ९ दिने लकडाउन गर्ने निर्णय गरेको छ ।

विश्वब्यापी रुपमा फैलिरहेको महामारी कोभिड-१९ हाल गोलबजार नगरपालिकाको छिमेकी जिल्ला र नगरपालिकाहरुमा समेत सामूदाय स्तरमा महामारीको रुपमा फैलिन लागेको अवस्थामा उक्त महामारी नियन्त्रण लागि कोभिड-१९ सीसीएमसी (CCMC) को निर्णय अनुसार गोलबजार नगरपालिकामा मिति २०७७/०४/२३ गते राति मध्यान्ह १२:०० बजे देखि मिति २०७७/०४/३२ गते सम्मको लागि अति आवश्यक सेवा संग सम्बन्धित बाहेक सम्पूर्ण बजार बन्द हुने व्यहोरा सबैमा जानकारी गराइएको छ ।

 

 

कुनै अति  आवश्यक कार्यको निमित बाहिर निसकिनु पर्यो भने मस्क लगाउन , सेनिटाइजरको प्रयोग गर्न ,सामाजिक दुरि कायम गर्न  र पटक पटक साबुन पानीले हात धुन अनुरोध गरिएको छ ।

नगरपालिका र अन्तर्गत रहेको कार्यालयहरुमा अति आवश्य बाहेकका  सेवाहरु संचालन नहुने  व्यहोरा  सबैमा जानकारी गराइएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News