सिरहा : अन्तराष्ट्रिय युवा दिवसमा क्वारेन्टीनका महिलालाई पुनःप्रयोग सेनेटरी प्याड (Reusable Sanitary Pad)

जानकी पोस्ट, २९ साउन,सिरहा । सिरहामा आज अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गोलबजार नगरपालिकाका क्वारेन्टीनमा रहेका महिलाहरुका लागि कपडाको पुनःप्रयोग सेनेटरी प्याड सहयोग गरि मनाइएको छ।

बुधबार अन्तर्राष्ट्रिय युवा दिवस ” विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी पर्वर्द्धन , स्वस्थ्य र वातावरण संरक्षणमा युवा संलग्नता ” भन्ने मुल नाराका साथ सिरहा स्थित गोलबजार नगरपालिकाको SYSS – Sunrise Youth Siraha Sanjal र #EmergencyResponseCenter ( ERC) द्वारा मनाइएको छ ।

 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा SYSS – Sunrise Youth Siraha Sanjal र EmergencyResponseCenter ( ERC) को सहयोगमा गोलबजार नगरपालिकाका क्वारेन्टीनमा रहेका महिलाहरुका लागि कपडाको पुनःप्रयोग सेनेटरी प्याड( reusable sanitary pad ) नगरपालिकाका नगर प्रमुख देवनाथ साहलाई हस्तान्तरण गरिएको जानकारी syss की सदस्य अर्चना साहले दिइन् ।

“कोभिड-१९ को यो विकराल माहामारीमा शरिरिक र मानसिक स्वास्थमा अतिनै धियान दिनु पर्ने देखिँदा स्वास्था क्षेत्रमा SYSS र ERC ले अफ्ना पाइला चाल्दैछौ” – उनले भनिन् ।

महिलाहरुमा महिनावारी स्वास्थ नि अति आवश्यक देखिन्छ भन्ने जानकारी दिए । यहि उद्देश्यका साथ क्वारेन्टीनमा बस्ने महिलाहरुका लागि अफ्ना volunteers हरु खटाएर पुन:प्रयोग प्याड बनाउन लगाएको र हस्तान्तरण गरिएको बताइन् । SYSS – सनराइज युथ सिरहा संजालकी संस्थापक कन्चन शाह लगायतका सम्पूर्ण सदस्यहरुले जनता र जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताइन् ।

आगामी दिनहरुमा पनि यस संस्थाद्वारा विभिन्न समाज सेवाको कार्यक्रमलाई निरन्तरता दिने बताउँदै reusable sanitary pad )को लागि आर्थिक सहयोग Emergency Response Center ले गरिदिएको प्रति आभार प्रकट गरिन ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News