जानकी पोस्ट ,३० साउन ,नबिन यादब , राजविराज । सप्तरी निर्वाचन क्षेत्र नं. १ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सूर्यनारायण यादव कोरोना संक्रमित भएका छन् ।
६४ वर्षिय यादवलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।
बाल रोग विशेषज्ञ डा. यादव लामो समयदेखि जनकपुरमा वस्दै आएका छन् । जनकपुरमा उनको निजी क्लिनिक संचालनमा छ । उनले ८/९ दिन अघि सामान्य जिउ दुख्ने समस्या देखिएको तर, अहिले आफु स्वस्थ रहेको प्रतिक्रिया दिएका छन् ।
क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक बालकको उपचारका क्रममा आफुलाई कोरोना संक्रमण भएको उनको आशंका छ।
गम्भिर अवस्थामा ल्याईएका वालकलाई झाडा पखाला र निमोनियाको समस्या देखिएको थियो ।
सोहि क्रममा कोरोना चेक गर्दा रिपोर्ट पोजेटिभ आएपछि आफुलाई सोहि दिनदेखि आशंका रहेको यादवको भनाई छ ।
बालकलाई कोरोना पुष्टि भए लगत्तै आफुले पनि स्वाव चेक गर्न दिएर ९ दिनअघिदेखि होम आइसोलेसनमा बसेको यादवले जानकारी दिएका छन् ।