जानकी पोस्ट ३० साउन ,सिरहा । नरहा गाउँपालिकाले शुक्रबार राती १२ बजे देखि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिइरहेका बेला नरहा गाउँपालिकामा जोखिम कम गर्नका लागि मिति २०७७/०४/३० गते राती १२ बजे देखि २०७७/०५/ ०५ गते राती १२ बजे सम्मका लागि लकडाउन हुने भएको छ ।
नरहा गाउँपालिका लगायतका छिमेकी नगरपालिकाहरु मिर्चैया र गोलबजार नगरपालिकाहरुमा समुदाय स्तरमा कोराना भाइरसको संक्रमण बढन थालेको हुदाँ रोकथाम तथा नियन्त्रणको लागि यस गाउँपालिका भित्र सार्वजनिक यातायात बन्द गर्ने , बैंक तथा वित्तिय संघ संस्थाहरु समाजिक दुरी कायम गरि संचालन गर्ने, गा. पा. र वडा कार्यालयका कामहरु कर्मचारीहरु बाट आलोपालो गरि काम गराउने, हाट बजार, होटल, र अन्य पसल पूर्ण रुपमा बन्द गर्ने, अत्यावाश्यक सेवा औषधि पसल २४ घण्टा र खाद्यान्न, पानीको गाडी, ग्यास पसल, किराना पसल बिहान ८ बजे देखि ११ बजे सम्म मात्र खुल्ला राख्ने, लकडाउन उलंघन गर्नेलाई नियमअनुशार कारवाही गर्ने समेत सुचना पत्रमा उल्लेख गरिएको छ।