जानकी पोस्ट, ३१ साउन ,सिरहा । सिरहामा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा २ जना सशस्त्र प्रहरीसहित १ जना थुनुवा, एकजना क्वारेटाइनका र एकजना होटलमा काम गर्ने व्यक्ति छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सिरहाले दिएको जानकारी अनुसार, सशस्त्र प्रहरी बल सन्हैठाका २ जना, इलाका प्रहरीमा रहेका एकजना थुनुवा, सिरहाको क्याम्पसमा सञ्चालित क्वारेन्टाइनका एकजना तथा सिरहास्थित एक होटलमा काम गर्ने एकजनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका सबैलाई आइसोलेशनमा पठाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।