पर्सा : वडाध्यक्षका छोरा सरकारी गाडीमै ड्रगस सहित पक्राउ

जानकी पोस्ट ,३२ साउन, बीरगँज । पर्साको जीराभवानी गाउँपालिका वडा नं. ४ का वडाध्यक्षका छोरा प्रतिवन्धित लागु औषध सहित पक्राउ परेका छन्।

प्रहरीले वडाध्यक्ष सुवास राउत थारुका छोरा शशिकान्त राउत थारुलाई लागु औषध सहित शनिबार सांझ सोहि गाउँपालिकाको वडा नं. १ मा पर्ने ओरिया खोला किनारबाट पक्राउ गरेको हो।

 

 

विशेष सुचनाको आधारमा उनी सवार सेतो सरकारी नम्बर प्लेट भएको ना १ ब ३५९० नम्बरको मोटरसाईकल चेकजाँच गर्दा प्रतिबन्धित नाइट्रोभेट ट्याबलेट ४० पिस, कोटिन फ्रलेक्ट पि सिरप ८ पिस र स्टाम्पो २ पिस सहित उनलाई पक्राउ गरिएको प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरिक्षक सिकेन्द्र पाण्डेले जानकारी दिए।

पक्राउ परेका थारुलाई लागु औषध र मोटरसाइकल सहित जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको उनले जानकारी दिए।

 


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News