सिरहा नगरपालिकामा निषेधाज्ञा लम्बियो

जानकी पोस्ट, ३२ साउन ,सिरहा । सिरहा नगरपालिकाले चल्दै आएको निषेधाज्ञा लम्बियाउने निर्णय गरेको छ ।

सिरहा नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकबाट आइतबार (आज) राती १२ बजे देखि भदौ १५ गते राती १२ बजे सम्मको लागि जारि गरिएको निषेधाज्ञा लम्बियाउने निर्णय गरेको हो ।

 

यो भन्दा पहिला गरिएको लकडाउनको अवधि आज १२ बजे राति सम्म आन्तिम समय रहेको छ ।

 

सिरहा नगरपालिकामा समुदाय स्तरमा कोराना भाइरसको संक्रमण बढन थालेको हुदाँ रोकथाम तथा नियन्त्रणको लागि यस नगरपालिका भित्र हाटबजार, सभा सम्मेलन, कार्यलयहरु, वित्तिय संघ संस्थाहरु, व्यवसाय, होटल तथा रेष्टुरेन्ट लगायतका अन्य पसल सार्वजनिक तथा निजी सवारी साधन यही भाद्र १५ राती १२ बजे सम्मको लागि निषेधाज्ञा (लकडाउन) रहने तर अति आवश्यक सेवा एम्बुलेन्स, औषधी पसल, दुध ढुवानी गाडी, खानेपानी, फोहर मैला व्यवस्थापन जस्ता अति आवश्यक कार्य सञ्चालन रहने निर्णय गरिएको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताएकाछन् ।

खाद्यान्न ,किराना पसल तथा तरकारी रिक्सा बिहान ६ बजे देखि ९ बजे सम्म संचालन गर्ने निर्णय गरिएको समेत जारि गरिएको सुचना पत्रमा
उल्लेख छ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News