SEE को रिजल्ट आज आउने

जनकपुरधाम । कोरोना भाइरसको कारणले ढिलो भएको एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

नतिजा सार्वजनिक गर्ने विषयमा अहिले बोर्ड बैठक बसिरहेको छ भने प्राविधिक रुपमा कुनै त्रुटि नभए आजै (सोमबार) अबेर साँझसम्म नतिजा प्रकाशित गरिने जनाइएको छ ।

 

बोर्डले नतिजा सम्बन्धी सबै काम साता दिन अघि सकेको थियो। तर कोरोनाको संक्रमण फैलने भन्दै सार्वजनिक गरेको थिएन। कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विद्यार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको  थियो।

परीक्षा दिन ४ लाख ८० हजारले फाराम भरेका थिए। विद्यालयले पठाएको नतिजा रुजु गरेर सार्वजनिक गर्न लागिएको हो। कोरोनाका कारण परीक्षा सुरु हुनुको पूर्व सन्ध्यामा सरकारले परीक्षा स्थगित गरेको थियो ।

त्यसपछि कोरोना सँक्रमणलाई मध्यनजर गर्दै परीक्षा हटाएर आन्तरिक मुल्याँकनको आधारमा परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News