नरसिँह हिन्दु सेनाध्यक्ष विष्णु प्रताप साह’ रिहा

जानकी पोस्ट, ४ भदौ, सप्तरी । समाजिक सदभाव खलबलाउने गरी फेसबुकमा भिडियो पोष्ट गरेको आरोपमा पक्राउ परेको नरसिँह हिन्दु सेनाका सप्तरी जिल्ला अध्यक्ष विष्णु प्रताप साह रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट उनलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो । उनलाई अझै तारिख लिन आउनुपर्ने भएको छ । धरौटी राखी उनलाई तारिखमा रिहा गरिएको जनाइएको छ ।

गत साउन ३२ गते उच्च अदालत जनकपुर, राजबिराज इजलासले ७ दिन भित्र मा मुद्दा किनारा गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बन्दिप्रत्यक्षिकरणको रिट मार्फत आदेश गरेको थियो ।

एक किशोरीलाई सोही स्थान बस्ने एक पुरुषले निरन्तर यातना दिएको बारे फेसबुकमा उनले हिन्दु मुस्लिम शब्द प्रयोग गरी फेसबुक लाईभ आएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । साहलाई सम्प्रदायिकता भडकाउने गरी शब्दहरु प्रयोग गरेको भन्दै पक्राउ गरेको थियो ।

साहलाई रिहाको लागि समाजिक सँजालमा युवाहरुले रिहाईको लागि अभियान नै चलाएको थियो भने विभिन्न निकायमा पहल समेत गरेको थियो ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News