अज्ञात व्यक्तिद्वारा गोली हानि एक पुजारीको हत्या

जानकी पोस्ट ,४ भदौ, रौतहट ।   रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको हत्या भएको छ ।

माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।

 

 

बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए ।

बायाँ कन्चटमा गोली लागेका पुजारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News