कुम्भकार(पंण्डित) समुदायको माटोको भाडा बनाउने पेशा संकटमा

जानकी पोस्ट ,६ भाद्र , नबिन यादव , इनरुवा ।    सुनसरीमा कुम्भकार(पंण्डित) समुदायको माटोको भाडा बनाउने पेशा संकटमा परेको छ । एकातिर भाडा बनाउने माटो र दाउराँको अभाव अर्को तिर पाँच महिनाको लामो बन्दाबन्दीले माटोको भाडा बनाउने पेशा संकटमा परेको हो ।

लामो समयदेखी पुर्खौली पेशा माटोको भाडा बनाउने काम गर्दै आउनुभएका सुनसरी सदरमुकाम इनरुवा २ का बद्री नारायण पंडितले माटोको भाडा बनाउने पेशा नै संकटमा परेको गुनासो गर्नुभयो ।

 

 

बद्री नारायण पंण्डितले माटोको भाडा बनाउनका लागि आवश्यक पर्ने कुमाले माटोको अभाव, टाढाटाढाबाट किनेर जसोतसो माटो ल्याएपनि बनाउन समस्या, बनाएपनि पोल्ने दाउराँको अभाव लगायतका कारणले पेशा संकटमा परेको बेला अहिलेको लामो बन्दाबन्दीले झन समस्या भएको बताउनुभयो ।

वहाँले तयारी भाडो बनाउनु माटो अभाव, दाउराको अभावको बीचमा केही माटोको भाडा बनाएको भएपनि हाट बजार बन्द भएकाले विक्रि गर्न नपाउदाँ झनै पेशा संकटमा परेको दुखेसो पोख्नुभएको छ ।वहाँले राज्यले सुविधा दिनुपर्ने, माटोको भाडा बनाउन चाहिने माटो उपल्बध गराई दिनुपर्ने, ढुवानीमा अनुदान दिनुपर्ने, बजारको ग्यारेण्टी गर्नुपर्ने माग गर्नुभएको छ ।

जिल्लाको सदरमुकाम इनरुवा सहित हरिनगर, वर्जु, कोशी, भोक्राहा नरसिंह र दुहवीमा माटोका भाँडा बनाउन आवश्यक पर्ने माटो गाउँमा पाइन छाडेपछि कुम्भकार(पंडित) कुमाल समुदायको पेशा नै जोखिममा परेको छ ।

पुस्तौँदेखि माटोको भाडा बनाएर जीवन धान्दै आएका जिल्लाको इनरुवा नगरपालिका–२ विहीबार हाट र बस्नेत टोलमामा बसोबास गर्ने कुम्भकार समुदाय गाउँमा माटो पाइन छाडेपछि पेशा नै संकटमा परेको भन्दै चिन्तित बनेका छन् ।

पुस्ताँदेखि गर्दै आएको पेशा खोसिन पुग्दा धेरैको रोजीरोटी गुमेको छ । सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाएपछि माटोको भाडा बनाउने पेशा संकटमा परेको ७५ वर्षीय गंगा पण्डित बताउनुहुन्छ । इनरुवा नगरपालिका–२ को बबाजी पण्डिलका अनुसार सुनसरीको वर्जु स्थित चिमडी तालमा मात्रै कुमाले माटो पाईने र त्यहाँ पनि निकाल्न रोक लगाइएको र केही ठाउमा निकाल्न दिएपनि पैसा दिनुपर्ने बाध्यता भएकाले समस्या भएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News