बोक्सी भन्दै महिलालाई निर्घात कुटपिट !

जानकी पोस्ट,७ भाद्र , जलेश्वर ।   महोत्तरीमा एक महिलालाई बोक्सी भन्दै निर्घात कुटपिट गर्दा गम्भिर घाईते भएकी छन् ।

महोत्तरीको सम्सीमा ती महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरिएको छ । कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिए पनि राजनितीक दवावका कारण अनुसन्धान बिना नै छोडि दिएको बताईएको छ ।

 

 

शुक्रबारराती सम्सी गाँउपालिका वडा नं. ७ जावद टोलकी ४५ बर्षिया पवनदेवी यादवलाई बोक्सी आरोप लगाउदै कुटपिटमा संलग्न रहेको कृष्ण यादवलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धान बिना नै हिरासतबाट मुक्त गरिदिएका छन् ।

 

यता प्रहरीले कुष्णलाई समातेको दावी गरेतापनि उनलाई रातिमा नै प्रहरीले छाडेको बुझिएको छ। थुनामा रहेको भनिएको कृष्णलाई छोडाउनको लागी उसको बुवाले प्रहरीलाई राजनितीक दवाद समेत दिएको आारोप लगाइएको छ ।

 

एउटा सामान्य झगडा हुँदैमा महिलामाथि बोक्सीको आरोप लगाएर मरासन्न हुने गरी पिट्ने, एउटा नावालिकालाई सुरुवाल खोल्नु , कहाँको दादागिरी हो भनेर एक स्थानीयले नाम नखोल्ने शर्तमा बताएका छन् ।

 

स्थानीय दिनेश यादव लगायत उसको छोराहरु कृष्ण यादव, आशिक यादव ,आमा सुजियादेवी लगायतले कुटपिट गरेपछि पवन देवी यादव गम्भिर घाईते भएकी छिन् ।

घाईते यादवलाई जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचार भईरहेको पिडितको छोरा संजय यादवले जानकारी दिए । संजयले भने, “शुक्रवार बेलुका एक्कासी दिनेश यादवको परिवारहरुले मेरो आमामाथि बोक्सीको आरोप लगाउँदै गाली गलौज गरेको र म त्यो बेला घर भन्दा बाहिर थिएँ । लगतै म घरमा पुग्दा झगडा भई रहेको थियो । सो समयमा मैले प्रहरीलाई खवर गरेपछि सम्सी प्रहरी चौकीका सई दिपेन्द्र यादवको कमाण्डमा खटिएको प्रहरी टोली घटना स्थलमा पुगेर झगडालाई सामान्य बनाएर फर्के ।”

 

त्यस पश्चात पुनस् तिनिहरु घरमा राती ११– १२ बजे तिर आएर पवन देवीको घरमा पसी गाली गलैज गर्दै पवन देवी , निजको छोरी रुवी यादव, र संजय यादवलाई पनि कुटपिट गरेको बताइएको छ ।

पीडित पक्षले न्यायको लागि पत्रकार, मानव अधिकारकर्मी संग अनुरोध गरेका छन् ।

पिडितको तर्फबाट हालसम्म प्रहरीमा जाहेरी नआउदा कानुनी कारवाही प्रक्रिया अगाडि बढन नसकेको महोत्तरीका एसपी टिका केसीले बताएका छन ।

 


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News