सिरहा : आरके मेडिसिटी अस्पतालको बिरामी वार्डमै म्यानेजरको चुरोटवाजी

जानकी पोस्ट ,८ भाद्र , सिरहा।  सिरहाको एक अस्पतालका म्यानेजरले विरामी बस्ने वार्डमै चुरोटवाजी गरेको खुलेको छ ।

सिरहाको धनगढी नगरपालिका वडा नं. १० स्थित रहेको आर.के. मेडिसिटी अस्पतालका म्यानेजर देबेन्द्र सिँह विरामीको उपचार हुने वार्डमै चुरोट खाने गरेको एक कुरुवाले नाम नखोल्ने शर्तमा बताए ।

विरामीको कुरुवाको गुनासोको आधारमा स्टीँग अपरेनशनमा गएका न्यूज ब्यूरोका सहकर्मी सबिन यादवले त्यतिबेला पनि अस्पतालभित्रै चुरोट खाँदै गरेको अवस्थामा म्यानेजर सिँह देखिएका थिए ।

एक विरामीलाई लिएर गत शनिबार भएको विवादको समयमा पनि म्यानेजर सिँहले विरामीको उपचार गरिने ठाउँमै सूर्तिजन्य चुरोट सल्काएर खाँदै गरेको देखिएको थियो ।

शनिबार बेलुकी करिब  ९ बजेदेखि १० बजेको समयमा म्यानेजर सिँहले अस्पतालको वार्डमै चुरोट खाने गरेको र त्यसले विरामीको स्वास्थ्यमा झन खराव असर पर्ने गरेको एक कुरुवाले बताए । राती करिब १२ बजे स्टीँग अपरेशनमा गएका हाम्रा सहकर्मी सबिन यादवले त्यतिबेला पनि म्यानेजर सिँह अस्पतालभित्रै चुरोट खाँदै गरेको देखिएका थिए ।

 

 

 

स्टीँग अपरेशनको क्रममा न्यूज ब्यूरोका पत्रकार (सिरहा सँवाददाता) सबिन यादवले म्यानेजर सिँहलाई अस्पतालभित्रै चुरोट खाएको देखेपछि अस्पतालभित्रै चुरोट किन खानुभएको भनेर सोध्छन् , जवाफमा म्यानेजर सिँहले टाउको दुखिरहेकोले अस्पतालभित्रै चुरोट आएको जवाफ फर्काउँछन् ।

सो क्रममा पत्रकार यादवले तपाई आफैँ सँचालक भएर अस्पताल जस्तो संवेदनशिल क्षेत्रको परिसरमा सूर्तिजन्य पदार्थ, चुरोट खानु उचीत भएन भनेपछि उनले पत्रकार यादवलाई शिक्षाको थ्योरी सम्झाउन लागेको देखिएको छ । तर, उनले खाएको चुरोटको धुँवाले आरके मेडिसिटी अस्पतालमा उपचारमा आउने विरामीको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ ।

सो सन्दर्भमा जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकारीले अस्पतालभित्रै चुरोट खाएको भएर छानबिन गरिने र कानुनी कारवाही हुन सक्ने प्रतिक्रिया दिएका छन् । अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा वर्जित गरिएको सूर्तिजन्य तथा क्यान्सर रोग निम्त्याउने धुम्रपान गरेको पाइए कारवाही हुन सक्ने प्रतिक्रिया दिएका छन् ।

यता, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले समेत अस्पतालभित्र चुरोट खाएको प्रमाणित भए कानुन बमोजिम कारवाहीको भागिदार हुनुपर्ने बताएका छन् ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News