जानकी पोस्ट, १२ भदौ, काठमाडौँ । अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएकाे छ ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ ‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयाे, मलाई कोरोना पोजेटिभ देखियो । तर मलाइ कुनै पनि लक्षण छैन ।’
डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभएकाे छ।