जानकी पोस्ट, ३१ साउन,सिरहा। सिरहा जिल्ला अन्तर्गत आज ८ जनामा कोरोन पुष्टि भएको छ।
सिरहाको लहानमा सशस्त्र प्रहरी २ जना, स्वास्थ्यकर्मी १, ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका १ गरि ४ जना, बरियारपाट्टी गाउँपालिकामा १ जना कर्मचारी र १ जना कन्ट्याक्ट ट्रेसिङ गरि २ जना, नवराजपुर गाउँपालिका क्वारेन्टाइनमा १ जना, मिर्चैया नगरपालिकामा १ जना गरि 8 जना संक्रमित थपिएको छ ।