मारुती सिमेन्ट उद्योग गेटको अगाडि धर्नासहित प्रदर्शन (भिडियो सहित)

जानकी पोस्ट, २४ भदौ ,सिरहा । मारुती सिमेन्ट उद्योगको गेट अगाडी धर्नासहित प्रदर्शन भएको छ ।

सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना बसेर प्रदर्शन गरेका हुन् ।

दर्जनौ भन्दा बढीको संख्यामा सहभागी प्रदर्शनकारीहरुले प्लेकार्डसहित उद्योगविरुद्ध चर्को नाराबाजी गरेका छन् । यसअघि सोमबार उनीहरूले मारुती उद्योगको बाहिर प्रदर्शन गरेका थिए ।

मारुती सिमेन्ट उद्योगको कब्जामा रहेको साढे तीन बिघा सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने, धुवाँ धुलो नियन्त्रण गरिनुपर्ने तथा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ ।

समितिको आज बस्ने बैठकले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ । यता, मारुती सिमेन्ट पक्षसँग तत्कालै सम्पर्क हुन सकेनन् ।