मारुती सिमेन्ट उधोगद्वारा अतिक्रमित जग्गा फिर्ता हुन्छ : मुख्यमन्त्री राउत

जानकी पोस्ट, २९ भदौ, सिरहा : सिरहाको चोहर्वामा बनको जग्गा अतिक्रमण गरेको भन्दै आन्दोलनरत समूहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले राज्यको सम्पति कसैले पनि अतिक्रमण गर्न नपाउने र प्रदेश सरकार गर्न पनि नदिने बताउनु भयो ।

मुख्यमन्त्री लालबाबु राउतले विभिन्न व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको बनको जग्गा चाँडै फिर्ता हुने बताउनु भएको छ।

 

मुख्यमन्त्री लालबाबु राउत चोहर्वा आएर मारुती सिमेन्ट उधोग विरुद्धको आन्दोलनमा उठेका विषयका सन्दर्भमा जानकारी लिएका हुन् । आन्दोलनरत समूहलाई सम्बोधन गर्दै उनले मारुतीको कब्जामा रहेको वनको जग्गा चाँडै फिर्ता हुने बताएका छन् ।

जग्गा फिर्ताको साथै यहाँ उठेका अन्य माग पनि सम्बोधन तथा संलग्नलाई कारवाही हुने पनि उनले बताए । ‘अतिक्रमित जग्गा यथाशीघ्र सार्वजनिक गर्न र अन्य मागका विषयमा पनि मैले सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिइसकेँ,’ उनले भने, ‘यो जग्गा सार्वजनिक हुन्छ, प्रदेश सरकारले गराउँछ, तपाईहरुलाई यो विश्वास दिलाउन चाहन्छु ।’

अतिक्रमित जग्गा फिर्ता हुनु पर्ने मांग सहित आन्दोलन जारी रहेको अवस्थामा सिरहाको चोहर्वा पुग्नु भएको मुख्यमन्त्री राउतले सरोकारबला निकायहरु प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल , वनअधिकृत, मालपोतका प्रमुख , सुरक्षा प्रमुखहरु संग जग्गाको अवस्था फिर्ता प्रक्रिया बारे छलफल गर्नु भएको हो ।

मारुती सिमेन्ट उद्योगको कब्जामा रहेको तीन बिघाबढी सार्वजनिक जग्गा फिर्ता हुनुपर्ने, धुवाँ धुलो नियन्त्रण गरिनुपर्ने, रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने तथा किसानलाई क्षतिपूर्ति दिनुपर्ने मागसहित त्यहाँका स्थानीयहरुले गत सातादेखि निरन्तर रुपमा आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।

छलफलको क्रममा मुख्यमन्त्री राउतले अतिक्रमित जग्गा अविलम्ब फिर्ता गराउन निर्देशन दिनु हुँदै आवश्यक पर्ने हरेक प्रकारको निर्णय गर्न प्रदेश सरकार तै्रयार रहेको समेत बताउनु भयो ।
उहाँले जग्गा फिर्ता मात्र नभई विगतमा जालझेल गरेकाहरुमाथि कारबाहीको प्रक्रिया थाल्न समेत निर्देशन दिनुभ एको छ ।

सिरहाको गोलबजारमा पछिल्लो साता मात्र बनको २ विग्घा ९ कट्ठा जग्गा फिर्ता गराइएको हो ।