सिरहा : ३५ वर्षीया महिलाको कोरोना संक्रमणले मृत्यु

जानकी पोस्ट ,२९ भदौ, सिरहा । सिराहाका एकजना कोरोना संक्रमित महिलाको जनकपुरधाममा मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको कर्जन्हा नगरपालिका वडानम्बर २ बन्दीपुर निवासी ३५ वर्षीया महिला रहेकी छन् ।

ज्वरोसँगै साँस फेर्न कठिनाई भएकी महिलालाई चार दिनअघि जनकपुरधामस्थित काव्य हस्पिटलमा भर्ना गरिएको थियो । भर्ना गरेकै समयमा स्वाब संकलन गर्दा आइतबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

 

ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारै प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई आईसीयुमा राखेर उपचार गरिरहेकै समयमा आइतबार साँझ उनको मृत्यु भएको धनुषाका कोभिड-१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।

डा. सिंहका अनुसार ती महिलामा निमोनिया देखिएको थियो ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News