सिरहा : एकैदिन भेटिए १७० कोरोना संक्रमित, अधिकांश कैदीबन्दी

 जानकी पोस्ट ,३० भाद्र ,सिरहा  :  पछिल्लो २४ घण्टामै सिरहामा ३ महिलासहित १७० जनामा कोरोना पुष्टि भएको छ । यो संख्या आजसम्मकै सबभन्दा सर्वाधिक हो ।

सिरहा नगरपालिका १ स्थित जिल्ला कारागार (स्वाब कलेक्सन भएको ठाउँ)का १४७ जना संक्रमित पाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यद्दपी सबै कारागारकै कैदीबन्दी नभएको बताइएको छ । संक्रमित केहि अन्य कार्यालयका कर्मचारी रहेको बुझिएको छ ।

 

 

यस्तै औरही गाउँपालिका १ र ३ का ६ जना, लहान नपाका ७ जना, आर्मी क्याम्पका २ जना, माडरका १ जना, धनगढी नपाका १ जना, कल्याणपुर नपाका १ जना, कर्जन्हा नपाका १ जना, नरहा नपाका १ जना, सिरहाका १ जना र धनगढीमाईस्थित महेन्द्र गेनाई अस्पतालका १ जनामा समेत कोरोना पुष्टि भएको छ ।

सिरहामा कोरोना संक्रमितको संख्या ८१८ पुगेको छ । जसमध्ये हालसम्म ३८५ जना कोरोनामुक्त भइसकेका छन् । सिरहामा संक्रमित ८ जनाको ज्यान समेत गइसकेको छ ।

सिरहामा स्वाब संकलन गरिएकामध्ये ७४३ जनाको कोरोना रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । सिरहाका विभिन्न क्वारेन्टाइनमा अहिले पनि २२५ जना शंकास्पद विरामी छन् ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News