जानकी पोअत , ३१ भाद्र , सिरहा। सिरहा कारागारमा तीन दिनमै ५ सय कैदीबन्दीमा कोरोना पुष्टि भएको छ । बुधवार मात्रै कारागारका २५९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिए।
कारागारमा हालसम्म ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख बबिता महतोले पुष्टि गरिन् । उनले भनिन्, ‘कारागारको क्षमता १५० जनाको मात्र भएपनि हाल ५ सय ९९ कैदी छन् ।’
कारागारमा २ सय ७७ जना पुरुष, २० महिला र २ बालबालिका रहेका छन् । सबै संक्रमित कैदीहरुलाई कारागारमै राखिएको छ ।
केहि कैदीमा संक्रमण पुष्टि भएको छैन । तर संक्रमित कैदीहरुलाई कारागारमै राखिएका कारण बाँकी कैदी पनि संक्रमित हुने जोखिम बढेको छ ।