महिला माथि हत्या हिन्सा प्रति दहेज मुक्त मिथिला नेपालको राष्ट्रिय अध्यक्ष करूणा झाको ध्यानाकर्षण

जानकी पोस्ट, २ असोज , नविन यादव , राजबिराज ।    दहेज   मुक्त मिथिला नेपालको राष्ट्रिय अध्यक्ष करूणा झाले पछिल्लो समय सप्तरी , सुनसरी लगायत मिथिलाको विभिन्न ठाउँमा बढिरहेको आत्महत्याको घटनाहरु प्रति ध्यानाकर्षण भएको भन्दै यस्ता घटनाले समाजमा ज्यादै नराम्रो असर पार्न सक्ने बताएको छ।

बिभिन संचार कर्मी संग कुरा गर्दै झाले मिथिला क्षेत्रमा अहिले पनि दाइजोको निहुमा दिनहु जसो घरेलु हिंसा,महिला हिंसाहरु भैइरहेको हुन्छ।यस्ता घटनाहरुले गर्दा कमोल आत्मा भएकी नारीजातले मानसिक र भौतिक रुपमा पीडाको कारण आत्महत्याको घटनाहरु हुने बताएकि छिन।

 

 

त्यस्तै झाले बढिरहेको बलात्कारको घटनाहरु प्रति पनि मानव अधिकारकर्मी,प्रहरी प्रसासन लगायत समाजको बुद्धिजीवी बर्गहरुले समयमै पीडितलाई कानुनी उपचारमा नसघाएको कारण पीडित महिलाहरु थप मानसिक तनावमा आएर आत्महत्या रोज्न बाध्य भएको अनुमान गर्न सकिन्छ भनिन् ।

उक्त संस्थाको अध्यक्ष करुणा झाले पछिल्लो समय भएको घटनाहरु निदनिय रहेको भन्दै गाउँघरमा भैइरहेको पंचैतीलाई गम्भीर एवम् संवेदनशील खालको घटनाहरुमा निशेध गर्नुपर्ने बताएकी छिन।यसले घटनाको उचित न्याय दिलाउनु भन्दा एकलटागें तरिकाले पक्षपात गरेकोले यस्ता बैठक द्वारा गरिने न्यायमा स्थानीय प्रसासनले निशेध गर्नुपर्ने हुन्छ।

दहेजलाई सरकारले कानुनी अपराधको रुपमा लिखित कागजमै सिमित नराखी कार्यावन्यन गर्नलाई सबै नागरिक समाज,स्थानीय प्रसासन,प्रहरी,मानव अधिकार कर्मी,बाल संजाल,स्थानीय बुद्धिजीवी,समाजिक कार्यकर्ता लगायत संघसंस्थाहरुले पहलकदमी भुमिका निर्वाह गर्नु अपरिहार्य रहेको बताउछिन।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News