जनकपुरमा नवजात शिशुको शव भेटियो

जानकी पोस्ट ,९ असोज, जनकपुरधाम । शुक्रबार जनकपुरधाममा एक जना नवजात शिशुको शव फेला परेको छ ।

जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ स्थित विश्वकर्मा मन्दिर नजिक नवजात शिशु बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार शिशुको हात र खुट्टा कुकुरले खाइसकेको अवस्थामा शव फेला परेको हो । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News