कोरोनाबीच सिरहाका सरकारी स्कूलहरु सँचालनमा

जानकी पोस्ट, ११ असोज ,सिरहा । कोरोनाकै बीच स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गर्दै सिरहाका समुदायिक स्कूलहरु आजदेखि सँचालनमा आएको छ ।

जिल्ला शिक्षा समन्व्य समिति सिरहाका अनुसार सिरहा जिल्लाको मिर्चैया र गोलबजार नगरपालिका तथा लक्ष्मीपुर पतारी गाउँपालिकालगायतका स्थानीय तहमा सामुदायिक तथा निजी विद्यालयहरु आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा आएका हुन् ।

 

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेका विद्यालयहरु स्थानीय तहको निर्णयअनुसार नियमित सञ्चालनमा आएका छन् ।

विद्यालयमै सामाजिक दूरी कायम गरी स्वास्थ्य सतर्कता अपनाएर कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएअनुसार नगर क्षेत्रका विद्यालयहरु आईतबारबाट सञ्चालनमा आएको मिर्चैया नगरपालिकाका मेयर श्रवण यादवले जानकारी दिए ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News