अभियन्ता झाले बनाए मैथिली भाषाको ‘टयुटर’ एप

 जानकी पोस्ट , १४ असोज ,जनकपुरधाम । एक जना अभियन्ताले मैथिली ‘टयुटर’ ( Maithili Tutor) नामक एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी गरेका छन् ।

बन्दाबन्दीका अवधिमा अभियन्ता अभिनव झाले सो एपको विकास गरी मैथिली भाषालाई विश्वव्यापी बनाउन सफल भएका हुन। अभियन्ता झा सप्तरी जिल्लाको राजविराज नगरपालिकाका हुन ।

 

अस्टे«लियाको लाँ ट्रो विश्वविद्यालयबाट दूरसञ्चार र नेटवर्क इञ्जिनीयरिङमा एमई गरी भारतको एउटा कम्पनीमा कार्यरत रहनुभएका उहाँ बन्दाबन्दीका कारण घरबाटै कार्य सम्पादनका क्रममा सो एपको विकास गरेका हुन् ।

मैथिली टयुटर ( Maithili Tutor) नामक एपबाट मैथिली भाषा सजिलै सिक्नसक्ने विशेषता रहेको छ भने यसबाट मैथिली भाषीलगायत अन्य भाषीसमेत मैथिली भाषा सिक्न सकिनेछ ।

अभियन्ता झा भन्छन, “आफू अस्टे«लियामा अध्ययन गरे पनि मैथिली भाषाप्रतिको अगाध आस्था र पारिवारिक सदस्य एवं समाजको सहयोग एप विकासका लागि उत्प्रेरित गरेको हो ।” एपमा मैथिली भाषाको ऐतिहासिकताबाट प्रारम्भ गरी पाँच अध्यायमा भाषा बोल्ने र सिक्ने सीप र अभ्यासको विकास गरिएको छ ।

अभियन्ताका आमा आरती झा अभिनव मैथिलीे भाषाको एप विकासले विश्वभरि पु¥याउनमा सफलता पाएकामा आफू गौरव महसुस गरिरहेको बताउँछन् ।

अडियो, भिडियो, ग्राफिक्स र एनीमेशनको सहयोगले १५ दिनमा विकास गरिएको यस एपलाई गुगल प्लेस्टोरबाट डाउनलोडगरी मैथिली भाषा सजिलै सिक्नसक्ने बताइएको छ ।

मैथिली भाषा विश्वव्यापी बनाउनको लागि राजविराजका युवाहरु विजय चौरसिया विप्लव आनन्द लगायतका आधा दर्जन युवाहरु मैथिली विकिपेडिया समेत बनाएर भाषा प्रचार प्रसारमा लागेका छन् ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News