प्रदेश २ : बाघको आक्रमणबाट एकजनाको मृत्यु

जानकी पोस्ट ,१४ असोज, रौतहट । रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका-६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

 

भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा बुधबार जंगलमा फेला परेको डीएसपी शाहीले जानकारी दिए।

भण्डारी मंगलबार दिउँसो घाँस लिन जंगल गएका थिए । राति अबेरसम्म नफर्केपछि खोज्न गएका अन्य दुईजनालाई पनि बाघले आक्रमण गरेको थियो ।


Janaki Post
Janaki Posthttp://Janakipost.com
Janaki Post News: Find the latest breaking news from Nepal and world on opinion & analysis, politics, science and technology and much more.

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

FansLike
FollowersFollow
- Advertisement -

Trending News