जानकी पोस्ट ,भदौ २३, जनकपुरधाम । तेलुगु अभिनेता जय प्रकाश रेड्डीको मंगलबार बिहान निधन भएको छ । भारतको आन्ध्र प्रदेशस्थित गुन्टूरमा ७४ वर्षको उमेरमा हर्टअट्याक्टबाट उनको निधन भएको हो। जय प्रकाश रेड्डी खलनायक र हास्य भूमिकाका लागि परिचित थिए।
उनको सबैभन्दा लोकप्रिय चलचित्रहरु समरसिम्हा रेड्डी, प्रेमिन्चुकुण्डम रा, नरसिम्हा नायडू (सभसे बडा जंगवाज), नुभोस्तानन्ते नेनोददान्ताना, जुलाइ, रेडी, किक, जयम मानदेरा, जम्बा लाकिडी पम्बा, अवुनू वल्लीदारु इस्तपद्दारु, कबड्डी कबवाडी, इवदी गोकाडी आदि रहेका छन् ।
बहुमुखी अभिनेता जयाप्रकाश अन्तिम पटक यस वर्षको जनवरीमा रिलीज गरिएको महेश बाबू स्टारर सारिलेरू नीकेभवारुमा देखिएका थिए ।